खोलामा पौडी खेल्ने क्रममा म्याग्दीको अर्मन–६ का एक बालकको मृत्यु भएको छ । बाबियाचौरस्थित म्याग्दी खोलामा पौडी खेल्न क्रममा डुबेर ८ वर्षीय रोमन शेरचनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताए।
साथीसँग खोलामा पौडी खेल्न गएका उनलाई खोलाले बगाएपछि स्थानीयवासी र प्रहरीले खोलाबाट निकालेका थिए। पछिल्लो समय बढेको गर्मीसँगै नदीमा पौडी खेल्न जानेको सङ्ख्या बृद्धि भएको छ ।
हालै बेनीस्थित म्याग्दीखोला र बैँसरी नजिकैको भुतेखोलामा पौडी खेल्ने क्रममा यसअघि दुईजना युवाको ज्यान गएको थियो। रासस