भारतले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गर्दै वेष्टइनण्डिजलाई १७५ रनको लक्ष्य दिएको छ।
ओपनर रोहित शर्मा र अजेन्का रहाणेले पहिलो विकेटका लागि ७.२ ओभरमा ६२ रन बनाएका थिए। शर्माले ३१ बल खेल्दै ३ चौका र ३ छक्कासहित ४३ रन बनाए। यस्तै रहाणेले ३५ बलमा ४० रन बनाएर आउट भए।
भारतका लागि उत्कृष्ट पर्दर्शन गर्दै आएका विराट कोहलीले ८९ रन बनाएपछि निर्धारित २० ओभरको खेलमा भारतले २ विकेट गुमाउँदै १९३ रन बनाएको छ।
यसअघि ४६ बल खेलेका कोहलीले १० चौका र १ छक्का प्रहार गरेका थिए।
कप्तान महेन्द्र सिंह धोनीले १५ रन बनाए।
वेष्टइण्डिजका लागि आन्द्रे रूसेल र सामुल बाड्रेले १-१ विकेट लिए।