एसएलसी परीक्षा अन्तर्गत आजको अङ्ग्रेजी विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन टोलीले रौतहटका चार निरीक्षकलाई निष्कासन गरेको छ।
उच्च मावि सिमरा भवानीपुर परीक्षा केन्द्रमा निरीक्षकका रुपमा रहेका इन्द्र चौधरी र रामदयाल साह निष्कासनमा परेका हुन्।
यसैगरी, नेमधारी वासुदेव उच्चमावि मुडवला परीक्षा केन्द्रबाट पनि दुई जना निरीक्षकलाई निष्कासन गरिएको छ ।
परीक्षा अवधिभर निरीक्षण बस्न नपाउने गरी निष्कासन गरिएको परीक्षा अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए।
रौतहटबाट यस वर्षको एसएलसी परीक्षामा १० हजार १५४ जना परीक्षार्थी सहभागी छन्। रासस