पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रसका नेता डा. रामशरण महत घरको भर्याङबाट लडेर घाइते भएका छन् । बुधबार दिउँसो १ बजेतिर उनी भर्याङबाट लडेका थिए। भर्याङबाट लडेर उनको बायाँ खुट्टाको कुर्कुचामा चोट लागेको छ।
उनी ग्राण्डी अस्पतालमा भर्ना भएका छन्। कुर्कुचाको हड्डी फुटेकाले चिकित्सकले अप्रेशन गर्नुपर्ने बताएपछि शुक्रबार उनको अप्रेशन हुने महतका सहयोगी रमेश महतले सेतोपाटीलाई जानकारी दिए।