एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौताले दूरगामी महत्व राख्ने बताएका छन्।
दोस्रो वीरगञ्ज व्यापार मेलाको उद्घाटन गर्न वीरगन्ज पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग उनले भने, 'प्रधानमन्त्रीज्यूको यो भ्रमण अपेक्षित र उपलब्धीमूलक रह्रयो।'
प्रधानमन्त्रीले भारत भ्रमणले दुई देशबीचको सम्बन्ध राम्रो बनाउने वातावरण बनाएको उनको भनाई थियो।
उनले भने, 'भूकम्पबाट भएको जनधनको क्षति पछि मैले प्रतिपक्ष नेताको हैसियतले हामी सबै एक भए सामना गर्न राष्ट्रिय एकताको खाँचो छ भनेको थिएँ। अझै पनि राष्ट्रिय एकताको खाँचो छ।'
उनले क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यसँग हिजोमात्र गम्भीर कुरा भएको जानकारी पनि दिँदै चाँडै एकता हुने बताए।