२०७२ सालको प्रवेशिका परीक्षामा सुदूरपश्चिमवाट ७२ हजार भन्दा बढी विद्यार्थीहरु सहभागी हुने भएका छन्।
यही चैत्र १८ गतेवाट सुरु हुने उक्त परीक्षामा सुपका ७२ हजार दुई सय ८८ विद्यार्थी सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ।
निर्देशनालयका शाखा अधिकृत पुर्णवहादुर शाहले दिएको जानकारी अनुसार यस वर्ष गत वर्षका एक सय ९४ र यस वर्ष थप भएका सात गरी दुई सय एक केन्द्रमा परीक्षा सञ्चालन गरिनेछ। साधारण तर्फ नौ सय ५७ र प्राबिधिकतर्फ १४ गरी नौ सय ७१ बिद्यालय उक्त परीक्षामा सहभागि हुनेछन। सामुदायिक र संस्थागत
बिद्यालयको तथ्याँक छुट्टाछुट्टै नराखिएको अधिकृत शाहले बताए।
प्रवेशिका परीक्षामा छात्र भन्दा छात्राको संख्या बढी देखिएको छ। छात्रा ३७ हजार पाँच सय ५७ र छात्र ३४ हजार सात सय ३१ रहेका छन्। एक्ज्याम्टेडतर्फ छात्राको संख्या बढी भएका कारण समग्रमा छात्राको संख्या बढी भएको शाहले जानकारी दिए।
‘साधारण बिद्यालयतर्फ नियमितमा छात्रहरु २३ हजार ६ सय ८५ रहेका छन’ शाहले भने ‘छात्रहरु २२ हजार पाँच सय ५१ रहेका छन्। तर, एक्ज्याम्टेडमा छात्रहरु १० हजार ६ सय ७३ र छात्राहरु १४ हजार आठ सय ५० रहेका छन्।’ प्राविधिक विद्यालय तर्फ छात्रा तीन सय ७३ र छात्रा एक सय ५६ रहेका शाहले बताए।
निर्देशनालयका अनुसार बझाङ्गमा १६ पुराना र दुई नयाँ गरी १८ केन्द्रमा ६ हजार तीन सय ३७ बिद्यार्थी सहभागि हुनेछन्। यस जिल्लामा साधारणतर्फ ७८ र प्राविधिकतर्फ एक बिद्यालय गरी ७९ बिद्यालय सहभागि हुनेछन । यस्तै अछाममा २२ केन्द्रमा सात हजार ६ सय १७ बिद्यार्थी छन्। यस जिल्लाका ९४ साधारण र एक प्राबिधिक गरी ९५ बिद्यालय सहभागि छन्।
डोटीका ११ केन्द्रमा ८३ साधारण र एक प्राबिधिक बिद्यालयका गरी चार हजार ४५, कैलालीका ५१ केन्द्रमा दुई सय ३४ साधारण र दुई प्राबिधिक विद्यालयका गरी २० हजार सात सय ५२ र दार्चुलाका पुराना १४ र नयाँ एक गरी १५ केन्द्रमा ५९ साधारण र दुई प्राबिधिक बिद्यालयका गरी चार हजार चार सय ४६ बिद्यार्थीहरु सहभागि हुनेछन्।
यस्तै बैतडीका २४ पुराना र एक नयाँ गरी २५ केन्द्रमा एक सय १९ साधारण र दुई प्राबिधिक बिद्यालयका गरी आठ हजार पाँच सय १९, डडेल्धुरामा १२ केन्द्रका ६६ साधारण र दुई प्राबिधिक बिद्यालयका तीन हजार ६ सय ५० र बाजुराका १४ केन्द्रमा ६१ साधारणतर्फ र एक प्राबिधिकतर्फका बिद्यालयका चार हजार पाँच सय ६७ बिद्यार्थीहरु सहभागि हुनेछन्। कञ्चनपुरमा ३० पुराना र तीन नयाँ गरी ३३ केन्द्रमा एक सय ५३ साधारण र दुई प्राविधिक बिद्यालयका गरी १२ हजार ६ सय ८९ बिद्यार्थीहरु सहभागि हुने निर्देशनालयले जानकारी दिएको छ।
शाखा अधिकृत शाहका अनुसार प्रवेशिका परीक्षाको तयारी तिव्र रुपमा चलिरहेको छ। गत वर्ष भन्दा यस वर्ष दुई पाँच सय २२ बिद्यार्थी बढी प्रवेशिकामा सहभागि हुनेछन्। गत वर्ष ६९ हजार सात सय ६६ बिद्यार्थीहरु सहभागि भएका थिए । सरकारले यस वर्षदेखि प्रवेशिका परीक्षाको नतिजा लेटर ग्रेडिङ्ग पद्धतिवाट सार्वजनिक गर्ने भएको छ।