करिब ३ दर्जन मानिसको ज्यान जाने गरी मंगलबार बेल्जियमको राजधानी ब्रसेल्समा भएका श्रृङ्खलावद्ध विस्फोटको नेपाल सरकारले भत्र्सना गरेको छ।
परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै आक्रमणमा मानिसहरु मारिएको र घाइते भएकोमा दुःख ब्यक्त गर्देै आक्रमणको भत्र्सना गरेको हो।
‘नेपाल सरकार जहिलेपनि जुनसुकै प्रकारको आतंकवादको भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा घटनाका दोषीलाई जति सक्यो छिटो कानुनी कठघरामा उभ्याइने विश्वास ब्यक्त गरिएको छ। साथै आक्रमणमा ज्यान गुमाउने मृतकप्रति समवेदना र बेल्जियमका जनताको दुःखको यस घडीमा सहानुभूति पनि ब्यक्त गरिेएको छ।