धनगढीको तारानगर टोल सुधार समितिले भिन्नै रुपमा होली मनाएको छ।
टोलटोलमा सौर्य बत्ती जडान गरी लोडसेडिङ कम गर्ने उद्देश्य राखेर होली पर्व मनाएको समाजका अध्यक्ष नविन पन्तले बताए।
होली खेलेर उठेको रकम सौर्य बत्ति जडानमा खर्च गरिने बताउँदै अध्यक्ष पन्तले यसरी संयुक्त रुपमा होली खेल्दा भाइचाराको सम्बन्ध अझ प्रगाढ हुने र पर्वलाई सामाजिक कार्यमा सदुपयोग होस भन्ने सन्देश दिने उद्देश्यले होली पर्व आयोजना गरिएको बताए।