मंगलबार बिहान बेल्जियमको राजधानी ब्रसेल्समा श्रृङ्खलावद्ध बिस्फोट भएका छन्। ब्रसेल्स विमानस्थलमा भएका दुई वटा बिस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने त्यसलगत्तै युरोपियन युनियनको मुख्यालय नजिकैको मेट्रो स्टेशनमा भएको बिस्फोटमा १० जनाको ज्यान गएको छ। बम बिस्फोटमा दर्जनौं घाइते भएका छन्। मृतकको संख्या एकिन भइसकेको छैन।
बिस्फोटको जिम्मेवारी आधिकारिक रुपमा कसैले लिएको छैन।पेरिस आक्रमणमा मुख्य अभियुक्त चारदिन अघि बेल्जियममा पक्राउ परेकाले मुस्लिम अतिवादी समूह आइएसकाे बिस्फोटमा हात हुन सक्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
(तस्बिर: एजेन्सीहरूबाट साभार)