सरकारले निर्माणाधीन सिमरा विशेष आर्थिक क्षेत्र परिसरभित्र गार्मेन्ट प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। कारोबार दैनिकमा समाचार छ।
दस वर्षअघि निर्माण सुरु गरिएको सेजको ३४३ बिगाहा जमिनमा प्रशोधन केन्द्र स्थापना गर्न लागिएको उद्योग मन्त्रालयले जनाएको छ। सरकारले यसअघि नै बन्द वीरगन्ज चिनी कारखानाको ३५० बिगाहा जमिनमा प्रशोधन केन्द्र स्थापना गर्ने भन्दै बजेट निकासा गरिसकेको छ। सिमरामा प्रशोधन केन्द्र स्थापना गर्न करिब दुई अर्ब ५० करोड रुपैयाँ लागत प्रस्ताव गरिएको छ।
प्रस्तावअनुसार अर्थले २० करोड बजेट निासा गर्ने सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जनाएको छ। करिब ८३३ बिगाहामा निर्माणाधीन सेजको स्थानी अवरोध र ऐनकानुन अनुगमन अभावमा बार लगाउनेबाहेक थप काम हुन सकेको छैन। स्थानीय अतिक्रमण बढेपछि सेज विकास समितिले छेकाबार लगाउने र बस्ती स्थानान्तरण गर्ने तयारी गरिरहेको छ।