५ दिने नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी सोमबार ८६ वर्षिया मंगली गुरुङको घरमा बास बस्ने भएका छन्। लमजुङकाे गौंडा– ७, लौरानीमा रहेको मंगलीको घरमा राजकुमार ह्यारीले सोमबारको रात बिताउने छन्। उनी मंगलीको घरमा पुगेको तस्बिर केन्सिङटन प्यालेसले सार्वजनिक गरेको छ।
मंगली दोस्रो विश्वयुद्धमा लडेका गोर्खा सैनिककी विधवा हुन्।