बेला बेला नेपालका प्रधानमन्त्रीले ठूलै सपना बाँड्ने गरेका छन्। ती ठूला सपनामध्येको एक हो – हावाबाट बिजुली निकाल्ने। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर देशलाई अन्धकारमुक्त पारिने बताए।
हावाबाट बिजुली निकाली दुर दराजको बस्तीलाई विद्युतिकरण गर्न सकिन्छ भन्ने कुरा आफैंमा सत्य हो। तर यसको अर्थ यो होइन कि वर्तमान संरचना र पूर्वाधारको भरमा हावाबाट बिजुली निकालेर राष्ट्रिय प्रसारणमा सजिलै जोडिन्छ। यो कुरा कम्तिमा तत्कालका लागि प्रधानमन्त्रीको हावादारी गफ त हँुदै हो, सरोकारवाला विज्ञले समेत त्योतर्फ सोच्न नसकेको आजको तीतो यथार्थ समेत हो।
नेपालमा वायू–उर्जाको विकास र विस्तारको शुरुवात कागबेनीको असफल इतिहाससँग जोडिन्छ। वर्तमान समयमा साना पाइलट आयोजना केहीमात्रामा सञ्चालन गरिएपनि त्यसको प्रभावकारी बिस्तार हुन सकेको छैन। यद्यपि नेपालका केही भूभाग वायू–उर्जा उत्पादनका हिसाबले अत्यन्त उपयुक्त भएको स्वेरालगायतका अध्ययनले देखाएका छन्। सम्भावना हुँदाहुँदै पनि उर्जा संकटभित्रको राजनीतिसँग वायु उर्जाको ›ुरतर विकास नहुनु नौलो कुरा भएन। सरकारी निकायको रुपमा देशभर वैकल्पिक उर्जा प्रर्वद्धन गर्ने जिम्मेवारी पाएको संस्था वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रद्वारा पनि वायू उर्जाको विकास र विस्तारमा सहयोग पुगोस् भन्ने उद्धेश्यकासाथ स–साना आयोजना पाइलटिङ्ग गर्ने, नीति तथा कार्यक्रमको तर्जुमा तथा सरोकारवालासँग समन्वयन भइरहेको छ। तर यो गति एकदमै सुस्त छ।
विभिन्न सम्भावित क्षेत्रहरुमा अध्ययन गर्ने र स्थानीय बस्तीहरुमा विद्युतिकरण गर्ने कार्यमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्›ले काम गरिरहेको भएतापनि त्यो नै वायु उर्जाको विकास मेगावाटमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न पर्याप्त हुन्छ भन्ने बुझ्नु नै गलत छ। हालसम्म प्रवर्द्धन भएका आयोजनामा ब्याट्री चार्ज हुने र त्यही संचित करेन्ट स्थानीय बस्तिमा वितरण गर्ने गरिएको पाइन्छ। प्रायजसो प्रणालीमा करिब ५० प्रतिशत पावर ब्याकअप सोलार प्रणालीबाट राखिएकाले यो हावाबाट बिजुली कि सोलारबाट भन्ने आमचासो समेत सुन्ने गरिएको छ।
नेपालमा उत्पादन सुरु हँुदा स्थानीय जनतादेखि सरोकारवाला सबैको ध्यान केन्›ित हुने र जडान पश्चात कम्पनीले दिने ग्यारेन्टीको अवधि सकिएपछि त्यसतर्फ कसैको ध्यान नपुग्ने प्रमुख कारणले वायु उर्जा प्रविधि फेल हँुदै आएको छ। बिगतमा संचालनमा आएका केही परियोजनालाई नियाल्ने हो भने साना साना लघु वायु उर्जा प्रणालीको सम्भावना नेपालमा प्रचुर छ तर व्यवस्थापनमा हुने कमजोरीले गर्दा वायु उर्जाप्रति आम नागरिकको धारणा सकारात्मक पाइदैन। आज देशका जिम्मेवार व्यक्तिले नवीकरणीय उर्जा विकासमा महत्वाकांक्षी योजना बुनिरहँदा जनस्तरमा यो हाँसो मजाकको विषय भएको छ। उर्जा क्षेत्रमा कार्यरत विज्ञहरु आफ्नै आफ्नै तर्क भजाइरहेका छन। २५ किलोवाट र ३० किलोवाट को विद्युतिकरण परिक्षण भैसक्यो अब १ वा २ मेगावाट पनि उत्पादन गर्न सकिएला। यसो गर्न सकिन्छ भन्दैमा तत्कालै १०० मेगावाट विजुली हावाबाट उत्पादन गरिन्छ भन्ने तर्क मेल खादैन।
केतिपयको तर्क छ– एकचोटी फेल भैसकेको कागबेनीको इतिहास फेरि किन दोहोर्याउने? अर्कोथरी तर्क गर्छन्– सम्भावना छ। प्रविधि छ किन नहुने?
यस्ता विवादमा अल्झनु आफैंमा लाजमर्दो कुरो हो। बस्ति नभएको ठाँउमा प्रचुर हावाको गति हुनु अनि जहाँ बस्ति छ त्यो पनि अति पछौटेपन (आर्थिक हिसाबले कमजोर) भएको ठाउँमा नै त्यस्तो सम्भावना अधिक भेटिन्छ। जहाँ अन्य विद्युतीय स्रोत उपलब्ध छैनन् त्यस्तो ठाउँमा यसको प्रवर्द्धनतर्फ ध्यान दिनु उचित देखिन्छ।
हावाबाट बिजुली निकाली विद्युतिकरण तथा परिप्रयोग सञ्चालन गर्न केही भूभागमा सम्भव छ र प्रयासहरु पनि भैरहेका छन। जहाँसम्म देशको अन्धकार नै हटाउने कुरा छ तत्कालका लागि यस्तो गफले प्रधानमन्त्रीलाइ हावादारी त बनाउने नै छ। भर्खर बामे सर्दै गरेको वायु उर्जा विकास समेत आफैं रनभुल्ल पर्न सक्छ। दृढ संकल्प छ भने कुराले होइन नीतिले अनि नियमले योजना कार्यान्वयन तिर पो अग्रसर हुनुपर्छ। हावाबाट बिजुली निकालेर देशलाई लोडसेडिङ मुक्त पार्ने घोषणा गरेक प्रधानमन्त्री ओलीले कुरा होइन योजना बनाएर काम गर्ने बेला आइसकेको छ।